उदयपुर । उदयपुरको बेलका नगरपालिका–८ स्थित कोठुमा रहेको सप्तकोशी नदीको पुलबाट हाम्फाल्दा एक जनाको मृत्यु भएको छ।

वैशाख २३ गते बिहान करिब १०:४५ बजे सुनसरीको बराहक्षेत्र नगरपालिका–१ निवासी ५२ वर्षीय मकर जंग राईले सप्तकोशी नदीको पुलबाट हाम्फालेको सूचना पाएलगत्तै अस्थायी प्रहरी चौकी कोठुको टोली उद्धारमा खटिएको थियो।

प्रहरी टोलीले तत्कालै राईलाई नदीबाट उद्धार गरी धरानस्थित विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान (घोपा अस्पताल) मा पठाएको थियो। तर, उपचारका क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।
Views: 168

