Aamsanchar

उदयपुर र खोटाङमा चट्याङ र विद्युत् करेन्ट लागेर दुई जनाको मृ*त्यु

Author Image
बुधवार, वैशाख २४, २०८२

विराटनगर । उदयपुर र खोटाङ जिल्लामा चट्याङ र विद्युत् करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ।

उदयपुरको कटारी नगरपालिका–८ का मानबहादुर मगरका १२ वर्षीय छोरा चित्रबहादुर मगर वैशाख २३ गते अपराह्न घरनजिकको जंगलमा बाख्रा चराउँदै गर्दा वर्षासँगै परेको चट्याङ लागी घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ।

उक्त दिन बेलुकी करिब ६ बजे खोटाङको ऐसेलुखर्क गाउँपालिका–७ का ३९ वर्षीय विकास राईको पनि विद्युत् करेन्ट लागेर मृत्यु भएको हो। ट्रान्सफर्मरमा फ्युज जोड्ने क्रममा विद्युत्को झट्का लाग्दा राईको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ।

प्रहरीका अनुसार घटनास्थलमा प्रहरी अधिकृतको टोली खटिएको थियो। दुबै घटनामा मृतकको शव पोष्टमार्टमपछि परिवारको जिम्मा लगाइएको र थप अनुसन्धान भइरहेको जनाइएको छ।

Views: 164

प्रतिक्रिया (०)