दाङ । दाङको राप्ती गाउँपालिका–१ भालुबाङ पुलचोकस्थित प्युठान–भालुबाङ सडकखण्डमा ब्राउन सुगरसहित एक महिला पक्राउ परेकी छिन्।

२०८२ साल बैशाख २३ गते साँझ करिब ५:५० बजे घोराहीबाट प्युठानतर्फ जाँदै गरेको ‘भे १ ख ४३३२’ नम्बरको इलेक्ट्रिक गाडीमा लागुऔषध ओसारपसार भइरहेको भन्ने गोप्य सूचनाका आधारमा प्रहरीले उक्त गाडी जाँच गरेको थियो।

जाँचको क्रममा गाडीमा सवार प्युठान ऐरावती गाउँपालिका–२, बह्राखुट्टीकी २० वर्षीया सरिता सार्कीलाई प्रहरीले शंका लागेर खानतलासी गर्दा उनले भित्री कपडामा लुकाइ राखेको अवस्थामा करिब २.५८ ग्राम तौलको ब्राउन सुगर फेला पारेको हो।

उक्त व्यक्तिलाई इलाका प्रहरी कार्यालय भालुबाङबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान अघि बढाएको दाङ प्रहरीले जनाएको छ।

Views: 159

