दमक । कोशी पर्यटन वर्ष २०८२ का सन्दर्भमा झापाको दमकमा एक दिवसीय सरोकारवाला अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। होटल व्यवसायी महासंघ झापाको आयोजनामा र पर्यटन कार्यालय काँकरभिट्टाको सहकार्यमा आयोजित उक्त कार्यक्रममा पर्यटन क्षेत्रका सरोकारवालाबीच समसामयिक विषयमा छलफल गरिएको हो।

कार्यक्रमको अध्यक्षता होटल व्यवसायी महासंघ झापाकी अध्यक्ष इन्दिरा श्रेष्ठले गरेकी थिइन् भने दमक नगरपालिकाका प्रमुख राम थापा प्रमुख अतिथि थिए। कार्यक्रमका दौरान पर्यटन कार्यालय काँकरभिट्टाका प्रमुख छविलाल खतिवडाले कोशी पर्यटन वर्षको औचित्य र कार्यक्रमको उद्देश्यबारे मल्टिमिडिया प्रस्तुत गरेका थिए।




८० भन्दा बढी सरोकारवालाको उपस्थिति रहेको कार्यक्रममा स्वागत मन्तव्य होटल व्यवसायी संघ दमक शाखाका महासचिव भूपेन्द्र तिम्सिनाले राखेका थिए भने सञ्चालन महासंघ झापाका महासचिव शिवराज पौडेलले गरेका थिए।


