Aamsanchar

विद्यार्थी बोकेर गुडिरहेको एक निजी स्कुलको बसमा आगलागी

Author Image
बिहिवार, वैशाख २५, २०८२

बुटवल – रुपन्देहीमा विद्यार्थी बोकेर गुडिरहेको एक निजी स्कुलको बसमा आगलागी भएको छ ।

शुद्धोधन गाउँपालिका-४ फर्साटिकरमा सञ्चालित लिटिल फ्लावर बोर्डिङ स्कुलको बसमा एक्कासी आगो लागेको हो ।

गुडिरहेको बसमा करिब ४० जना विद्यार्थी रहेकामा आगो लागेलगत्तै उनीहरुलाई चालक र सहचालकले बसबाट बाहिर निकालेर मानवीय क्षति हुन नदिएको रुपन्देही प्रहरी प्रवक्ता डीएसपी सुरज कार्कीले बताए । ‘घर-घरबाट विद्यार्थी चढाएर विद्यालय नजिक पुगेको बसमा अचानक धुवाँ सहित आगो लागेको रहेछ, लगत्तै चालक, सहचालक र स्थानीयले विद्यार्थीलाई बस बाहिर निकालेर मानवीय क्षति हुनबाट रोके’, डीएसपी कार्कीले भने ।

आगलागीबाट विद्यालयको लु१क १३२६ नम्बरको बस भने पूर्णरूपमा क्षति भएको प्रहरीले जनाएको छ । बसमा लागेको आगो दमकलले निभाएको थियो ।

बसको यान्त्रिक खराबीका कारण आगलागी भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको डीएसपी कार्कीले बताए ।

 

 

Views: 263

प्रतिक्रिया (०)

सम्बन्धित खबर