Aamsanchar

राष्ट्रिय महिला फुटबल टिमको मुख्य प्रशिक्षकमा राजेन्द्र तामाङ नियुक्त

Author Image
बिहिवार, वैशाख २५, २०८२

काठमाडौं – नेपाली राष्ट्रिय महिला फुटबल टिमको मुख्य प्रशिक्षकमा राजेन्द्र तामाङ नियुक्त भएका छन् । बिहीबार ९वैशाख २५० अखिल नेपाल फुटबल संघ ९एन्फा०ले तामाङलाई पुनः महिला टिमको मुख्य प्रशिक्षकमा नियुक्त गरेको हो ।

एन्फा मुख्यालयमा महासचिव किरण राईले तामाङलाई नियुक्तिपत्र हस्तान्तरण गरे । प्रशिक्षक तामाङ थाइल्यान्डसँग हुने मैत्रीपूर्ण खेल र एएफसी महिला एसियन कप छनोटनिम्ति नियुक्त भएका हुन् । उनी यसअघि नेपालमा आयोजित चारदेशीय अन्तर्राष्ट्रिय च्याम्पियनसिपमा पनि टिमका प्र्रशिक्षक थिए ।

उनीसँगै टिमको गोलकिपर प्रशिक्षकमा सुरजकुमार लामा, व्यवस्थापकमा बिन्द्रा देवान र फिजियोथेरापिस्टमा लक्ष्मी भक्तराईलाई नियुक्त गरिएको छ ।

Views: 169

प्रतिक्रिया (०)

सम्बन्धित खबर