Aamsanchar

बिर्तामोडमा क्रेटा इभी सार्वजनिक, विद्युतीय सवारीबारे भ्रम चिर्ने उद्देश्य

Author Image
शुक्रवार, वैशाख २६, २०८२

 

बिर्तामोड । विद्युतीय सवारीको बढ्दो रुचिलाई मध्यनजर गर्दै हुन्डाई गाडीका लागि नेपालमा एक मात्र आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले बिर्तामोडमा ‘क्रेटा इभी’ सार्वजनिक गरेको छ।

बिर्तामोडस्थित हुन्डाईको अधिकृत डिलर अलायन्स मोटर्सको आयोजनामा विशेष कार्यक्रम गर्दै ‘क्रेटा इभी’ सार्वजनिक गरिएको हो। कार्यक्रममा उपस्थित ग्राहक, सञ्चारकर्मी तथा सरोकारवालाहरुलाई हुन्डाईको टिमले गाडीका विशेषता, प्रविधि र सेवासम्बन्धी जानकारी प्रदान गरेको थियो।

कार्यक्रमका क्रममा कम्पनीले विद्युतीय सवारी खरिद गर्न चाहनेहरूमा देखिने सामान्य शंका– जस्तै स्पेयर पाट्सको उपलब्धता, सेवा शुल्कको खर्च, दीर्घकालीन ब्रान्ड सपोर्ट आदि विषयमा स्पष्ट दृष्टिकोण प्रस्तुत गरेको छ।

‘हुन्डाईले नेपालमै क्रेटा आइस  मोडलको निर्माण सुरु गरिसकेको छ। क्रेटा इभी र पेट्रोल दुवै मोडल एउटै प्लेटफर्ममा आधारित छन्। यसले ग्राहकलाई सेवा र पाट्सको हिसाबले कुनै पनि प्रकारको समस्या नहोस् भन्ने सुनिश्चित गर्छ,’ कम्पनीका प्रतिनिधिले भने।

कम्पनीका अनुसार हुन्डाईका पेट्रोल वा इभी प्रयोगकर्ता सबैलाई समानस्तरको सेवा, स्पेयर पाट्स र ब्रान्ड सपोर्ट उपलब्ध हुनेछ। यही सन्देश सम्पूर्ण देशभर पुर्‍याउन कम्पनीको उच्च व्यवस्थापन टोली विभिन्न शहरका डिलरहरूसम्म पुगिरहेको समेत जानकारी दिइएको छ।

हुन्डाईको यो नयाँ प्रयासले नेपाली बजारमा विद्युतीय सवारी साधनप्रति रहेको अन्योल हटाउने विश्वास लिइएको छ।

Views: 87

प्रतिक्रिया (०)

सम्बन्धित खबर