Aamsanchar

फक्ताङलुङ माविमा विद्यार्थी नेतृत्व चयन गर्न विद्यालयस्तरीय निर्वाचन सम्पन्न

Author Image
शुक्रवार, वैशाख २६, २०८२

चारपाने । विद्यालय शिक्षालाई व्यवहारिक र सहभागी बनाउने उद्देश्यले झापाको कनकाई नगरपालिका–७ दुर्गापुरस्थित फक्ताङलुङ माध्यमिक विद्यालयले विद्यार्थी सदन निर्वाचन सम्पन्न गरेको छ।

विद्यालयले विद्यार्थीहरूलाई प्रजातान्त्रिक प्रणालीबारे प्रत्यक्ष सिकाइ दिने अभिप्रायले कक्षा सदनहरू ९हाउस० मा नेतृत्व चयन गर्न निर्वाचनको आयोजना गरेको हो। चारवटा सदनका लागि आज क्याप्टेन तथा उपकप्तान पदमा मतदान भएको थियो।

निर्वाचनमा विजयी भएका विद्यार्थीहरू यसप्रकार छन् ।

न्युटन हाउस स् क्याप्टेनमा मुक्साम नेम्वाङ र उपकप्तानमा आकृति योङहाङ, आइन्स्टाइन हाउस ः क्याप्टेनमा आदित्य अच्छामी र उपकप्तानमा शिखा सेन्चुरी, ग्यालिलियो हाउस ः क्याप्टेनमा अक्षत शिवाकोटी र उपकप्तानमा भविता उप्रेती, टेस्ला हाउस ः क्याप्टेनमा प्रशंसा लिम्बू र उपकप्तानमा सुहाङ केदेम लिम्बू निर्वाचित भएको विदालयका प्रधानाध्यापक ओमबिक्रम नेम्वाङले जानकारी दिए ।

निर्वाचनमा कुल ३५७ मत खसेको थियो भने १८ मत बदर भएको विद्यालय निर्वाचन समितिले जनाएको छ। न्युटन हाउसका मुक्साम नेम्वाङले २०५ मत ल्याउँदै सबैभन्दा बढी मत प्राप्त गर्ने विद्यार्थी बन्न सफल भएका छन्।

आगामी वैशाख ३० गते मंगलवार विद्यालयमा सपथ ग्रहण तथा पद हस्तान्तरण समारोह आयोजना गरिने विद्यालय प्रशासनले जनाएको छ। निर्वाचन प्रक्रिया विद्यालय निर्वाचन समितिको निगरानीमा सम्पन्न गरिएको थियो।

विद्यालयका प्रधानाध्यापकका अनुसार, ‘यस्ता गतिविधिबाट विद्यार्थीमा नेतृत्व विकास मात्र होइन, लोकतान्त्रिक मूल्य र विधिप्रति सम्मानको भावना पनि उत्पन्न हुन्छ।

Views: 167

प्रतिक्रिया (०)