Aamsanchar

नेपाल-भारत सीमा क्षेत्रमा नजान आफ्ना नागरिकलाई चिनको आग्रह

Author Image
शुक्रवार, वैशाख २६, २०८२

काठमाडौं –  नेपालस्थित चिनियाँ दूतावासले नेपाल-भारत सीमा क्षेत्रमा नजान आफ्ना नागरिकलाई आग्रह गरेको छ। पर्साको वीरगन्ज नाका हुँदै रक्सौल छिरेका चार चिनियाँ नागरिकलाई भारतीय प्रहरीले पक्राउ गरेपछि चिनियाँ दूतावासले एडभाइजरी जारी गरेको हो। एडभाइजरीमा नेपाल-भारत सीमा क्षेत्रमा नजान दूतावासले आफ्ना नागरिकलाई सचेत गराएको हो।

सीमा क्षेत्रमा गएर अनावश्यक तस्बिर नखिच्न पनि दूतावासले आग्रह गरेको छ। ‘नेपाल र भारतको अध्यागमन र सीमा कानुन कडाईका साथ पालना गर्नुहोस्। अनावश्यक तस्बिर नखिच्नुहोस्,’ दूतावासले भनेको छ। नेपाली र भारतीय नागरिकहरू खुला सीमाका कारण बिना भिसा एकअर्काको मुलुकमा सहजै आवात जावत गर्नसक्ने तर चीनलगायत तेस्रो मुलुकका नागरिकहरूलाई त्यो सुविधा नभएको समेत चिनियाँ दूतावासले भनेको छ। चिनियाँ दूतावासले स्थानीय टुरिस्ट गाइडको समेत भरोसा नगर्न आग्रह गरेको छ।

भारत अवैध आप्रवासीहरूप्रति कठोर रहेको र सजायसमेत हुने भएकाले सचेत रहन आफ्ना नागरिकलाई दूतावासले आग्रह गरेको छ। अवैधरूपमा भारत प्रवेश गरे २ देखि ८ वर्षसम्म सजाय हुनसक्ने समेत दूतावासले आफ्ना नागरिकलाई सचेत गराएको हो। भारत जान इच्छुकहरूले नेपालबाटै भिसा आवेदन दिनसक्ने दूतावासले बताएको छ।

 

Views: 100

प्रतिक्रिया (०)

सम्बन्धित खबर