Aamsanchar

भारत–पाकिस्तान सम्बन्धः इतिहासदेखि वर्तमानसम्म बदलिंदो समीकरण

Author Image
शुक्रवार, वैशाख २६, २०८२

शीतयुद्धकालमा अमेरिका निकट सहयोगी रहेको पाकिस्तानले भारतसँग 1965, 1971 र 1999 मा युद्ध लड्यो, तर तीनैपटक असफल रह्यो। सोभियत–अमेरिकी प्रतिस्पर्धाका बेला अफगानिस्तानमा पाकिस्तान अमेरिकी हितमा सक्रिय रहँदा, भारत सोभियत संघसँगको साझेदारीमा रह्यो।

समयसँगै भारत विश्वको चौथो ठूलो अर्थतन्त्र बनेको छ र अमेरिका, चीन, साउदी अरेबिया, युएई तथा रूससँग व्यापार ५०–१०० अर्ब डलर नाघेको छ। अर्कोतर्फ, पाकिस्तान अझै पनि साउदी अरेबिया, चीनजस्ता देशमा निर्भर छ।

हालैको पहलगाम आक्रमणपछिको तनावका बीच साउदी र टर्कीका अधिकारीहरूको भारत भ्रमणले भारतप्रति विश्वका इस्लामिक राष्ट्रहरूको व्यवहारमा पनि परिवर्तन आएको देखिन्छ। कश्मीर मुद्दामा अब पाकिस्तानलाई स्पष्ट समर्थन नभएको पाइन्छ।

शीतयुद्धकालको रणनीतिक समीकरणभन्दा अहिलेको विश्व व्यापार र कूटनीतिक व्यवहारमा आधारित ‘लेनदेनको राजनीति’ तर्फ गइरहेको छ, जहाँ भारतको प्रभावशाली उपस्थिति देखिन्छ।

Views: 106

प्रतिक्रिया (०)

सम्बन्धित खबर