Aamsanchar

शिवसताक्षीमा पानीमा डुबेर नाबालिकाको मृ*त्यु

Author Image
शनिवार, वैशाख २७, २०८२

झापा । झापाको शिवसताक्षी नगरपालिका–८ मा पानीमा डुबेर एक नाबालिकाको ज्यान गएको छ। वैशाख २५ गते बिहान मनहराका लुखिराम टुडुको १५ महिनाकी छोरी रोसिका टुडु घरनजिकै रहेको धानखेतमा जमेको पानीमा डुबेको अवस्थामा मृत फेला परेकी हुन्।

रोसिकालाई पानीमा डुबेको अवस्थामा उनकी आमा कल्पना टुडुले देखेकी थिइन्। तत्कालै पानीबाट निकालेर हेर्दा बालिका मृत भइसकेकी थिइन्। सो घटनाको जानकारी इलाका प्रहरी कार्यालय शिवगञ्जमा दिइएको थियो। जानकारी प्राप्त लगत्तै घटनास्थलमा पुगेको प्रहरी टोलीले कानुनी प्रक्रिया पुरा गरी पोष्टमार्टम पश्चात बालिकाको शव आफन्तको जिम्मा लगाएको छ।

Views: 249

प्रतिक्रिया (०)

सम्बन्धित खबर