Aamsanchar

नीति तथा कार्यक्रम प्रतिनिधिसभाबाट पारित

Author Image
आइतवार, वैशाख २८, २०८२

काठमाडौं – सरकारले ल्याएको नीति तथा कार्यक्रम प्रतिनिधिसभाबाट बहुमतले पारित भएको छ। आइतबार बसेको प्रतिनिधिसभाको बैठकले सरकारले गत वैशाख १९ गते ल्याएको नीति तथा कार्यक्रम पारित गरेको हो।

राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गरेका थिए। त्यसपछि संसदमा वैशाख २२ गतेदेखि निरन्तर छलफल भएको थियो।

आइतबार मात्रै प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको नीति तथा कार्यक्रमका विषयमा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिएका थिए। सांसदहरूले दिएका सुझावहरू समेटेर आगामी वर्षको बजेट बनाउने उनले प्रतिबद्धता जनाएका थिए।

Views: 143

प्रतिक्रिया (०)

सम्बन्धित खबर