Aamsanchar

सत्यमोहन जोशीको अर्धकदको शालिक अनावरण

Author Image
मङ्गलवार, वैशाख ३०, २०८२

काठमाण्डौ – स्वर्गीय वाङ्मय शताब्दी पुरुष स्वर्गीय सत्यमोहन जोशीको अर्धकदको शालिक अनावरण गरिएको छ ।

आज बिहान ललितपुर महानगरपालिका प्राङ्गणमा जोशीको अर्धकदको शालिक अनावरण गरिएको हो । महानगरपालिकाले निर्माण गरेको शालिक जोशीको १०६औं जन्मजयन्तीको अवसरमा महानगरका मेयर चिरिबाबु महर्जनले अनावरण गर्नुभयो ।

२०७९ असोज ३० गते शताब्दी पुरुष जोशीको १०३ वर्षको उमेरमा निधन भएको थियो । उहाँको ‘इच्छा अनुसार’ तथा ‘परिवारका सदस्यहरूको अनुमतिमा’ जोशीको शरीरलाई किस्ट मेडिकल कलेजलाई दान गरिएको थियो ।

कार्यक्रममा बोल्दै महानगर मेयर महर्जनले महानगरबाट गर्न मिल्ने र सक्ने कार्यक्रमअन्तर्गत शालिक निर्माण गरिएको बताउनु भयो । झनाख्य पार्कमा अब कुनै पनि शालिक नबनाउने उहाँले बताउनुभयो । उहाँले जोशी देशकै गहना भएको पनि बताउनुभयो ।

मेयर महर्जनले स्व। जोशीले भाषा, साहित्य, संस्कृति र कलाको क्षेत्रमा ठूलो योगदान पुर्‍याउनुभएको उल्लेख गर्नुभएको छ ।

Views: 103

प्रतिक्रिया (०)

सम्बन्धित खबर