Aamsanchar

संघीय प्रणाली म्याद नाघेको औषधि : राप्रपा सांसद नेपाली

Author Image
मङ्गलवार, वैशाख ३०, २०८२

काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद अनिशा नेपालीले मुलुकको संघीय प्रणाली म्याद नाघेको औषधि भएको टिप्पणी गरेकी छन्।

प्रतिनिधिसभाको मंगलवारको बैठकमा बोल्दै सांसद नेपालीले यस्तो बताएकी हुन्। विश्व व्यवस्था र अर्थतन्त्रको सिको गर्न खोज्दा नेपाल ग्रे लिष्टमा परेको उनको टिप्पणी छ। उनले मुलुकमा देखिएका समस्या समाधान गर्ने नाममा एकात्मक राज्यलाई संघात्मकतिर लैजानु घातक रहेछ भन्ने कुरा प्रष्ट भएको जिकिर गरिन्।

वर्तमान व्यवस्था अग्रगमन नभएर प्रतिगमन भएको उनको भनाइ छ। उनले शासन प्रणालीको छनोट, प्रतिनिधित्वको प्रणाली चयन, सरकारको स्वरूप निर्धारण र आर्थिक, सामाजिक, राजनीतिक अधिकारको समुचित बाँडफाँड हुनुपर्नेमा त्यस्तो नभएको बताइन्।

उनले भनिन्, ‘अहिले मुलुकको संघीय प्रणाली म्याद नाघेको औषधि जस्तै हुँदै छ। विश्वको सिको गर्न खोज्दा आज नेपाल ग्रे लिष्टमा पर्‍यो। समस्या समाधान गर्ने नाममा एकात्मक राज्यलाई संघात्मकतिर लैजानु घातक रहेछ भन्ने कुरा प्रष्ट देखिएको छ। यो व्यवस्था अग्रगमन नभएर प्रतिगमन हो।’

उनले सरकारले फरक विचार बोकेकै कारण तीनकुने घटनापछि राप्रपा नेताहरूलाई थुनेको भन्दै आपत्ति जनाइन्।

Views: 134

प्रतिक्रिया (०)

सम्बन्धित खबर