Aamsanchar

मरेको खसी काटेर बेच्ने पक्राउ, ५४ किलो मासु समेत बरामद

Author Image
बुधवार, वैशाख ३१, २०८२

पोखरा – मरेको खसी काटेर बेचेको आरोपमा पोखराबाट २ जना पक्राउ परेका छन् । पोखरा १६ मा रहेको मोडेल सप्लायर्समा काम गर्ने ३८ वर्षीय मिलन गुरुङ र ३२ वर्षीय राम गुरुङलाई पक्राउ गरिएको कास्की प्रहरीले जनाएको छ ।

उनीहरूको साथबाट प्रहरीले मरेको खसीको ५४ किलो मासु समेत बरामद गरेको डीएसपी हरिबहादुर बस्नेतले जानकारी दिए । दुवै जनालाई कालो बजारी तथा सार्वजनिक अपराधको कसुरमा कास्की जिल्ला अदालतबाट ५ दिनको म्याद थपेर अनुसन्धान भइरहेको छ ।

Views: 8

प्रतिक्रिया (०)

सम्बन्धित खबर