Aamsanchar

बोलोग्ना कोपा इटालियाको च्याम्पियन

Author Image
बिहिवार, जेठ २, २०८२

काठमाडौं – एसी मिलानलाई १–० गोल अन्तरले हराउँदै बोलोग्ना कोपा इटालियाको च्याम्पियन बनेको छ।

बोलोग्नाले ५१ वर्षपछि कुनै पनि ठूलो प्रतियोगिताको उपाधि उचालेको हो। टोलीले पछिल्लो पटक सन् १९७४ मा यो उपाधि जितेको थियो।

यो अवधिमा बोलाग्नाले दोस्रो डिभिजनको दुई उपाधिबाहेक अन्य कुनै ठूलो सफलता हासिल गर्न सकेको थिएन।

बुधबार रोमास्थित ओलम्पिको रंगशालामा ड्यान एनडोएले ५३औं मिनेटमा गरेको एकमात्र गोल बोलोग्नालाई उपाधि दिलाउन पर्याप्त बन्यो।

प्रशिक्षक भिन्चेन्जो इटालियानोको लागि पनि यो उपाधि विशेष रह्यो। उनले यसअघि फियोरेन्टिनाको प्रशिक्षण सम्हाल्दा लगातार दुई युरोपा कन्फ्रेन्स लिग र सन् २०२३ को इटालियन कप फाइनल गुमाएका थिए।

इटालियानो बोलोग्ना आएको पहिलो सिजनमै उपाधि जित्न सफल भएका हुन्।

Views: 124

प्रतिक्रिया (०)

सम्बन्धित खबर