Aamsanchar

धान गोड्ने क्रममा विद्युतको तार खस्दा एक जनाकाे घटनास्थलमै मृत्यु

Author Image
बिहिवार, जेठ १, २०८२

हिले-धनकुटा नगरपालिका –८, शिवबेशीमा बिहीबार दिउँसो करेन्ट लाग्दा एक वृद्धको ज्यान गएको छ । स्थानीय ६८ वर्षीय मंगलसिंह राईको करेन्ट लागेर घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रवक्ता डिएसपी ओमप्रकाश खनालले जानकारी दिनुभयो ।

उहाँ आफ्नै खेतबारीमा धान गोड्ने क्रममा विद्युतको तार खस्दा करेन्ट लागेको उहाँको भनाइ छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Views: 53

प्रतिक्रिया (०)

सम्बन्धित खबर