Aamsanchar

दमक भ्यू टावरलाई सञ्चालन गर्न सरकारको स्वीकृति

Author Image
बिहिवार, जेठ १, २०८२

काठमाडौं – सरकारले दमक भ्यू टावरलाई शुल्क लिएर सञ्चालन गर्न स्वीकृति दिएको छ। बिहीबार सिंहदरबारमा मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले दमक भ्यू टावरलाई शुल्क लिएर सञ्चालन गर्न स्वीकृति दिएको जानकारी दिएका हुन्।

 

मन्त्रिपरिषद्ले औद्योगिक सम्पतीसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक संसदमा प्रस्तुत गर्न समेत स्वीकृति दिएको छ। वैशाख ३१ गते बसेको मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै प्रवक्ता गुरुङले नेपाल कृषि अनुसन्धान परिषद्को पुनसंरचना गर्ने निर्णय भएको जानकारी दिए। यसका लागि गोविन्दराज पोखरेलको संयोजकत्वमा इश्वरी कडरिया र डा यज्ञ गजाधर खड्का रहेको उच्चस्तरीय पुनसंरचना समिति गठन गरिएको उनले बताए।

बैठकले नेपाल प्रहरीका वरिष्ठ नायव निरीक्षकहरूको तलबमान तथा ग्रेड समायोजन गर्ने, सहकारी नियमन प्राधिकरणको आर्थिक वर्ष २०८१र८२ को लागि अधिकृतस्तरको ३१ पदको अस्थायी दरबन्दी स्वीकृत गर्ने निर्णय भएको प्रवक्ता गुरुङले बताए।

Views: 177

प्रतिक्रिया (०)

सम्बन्धित खबर