Aamsanchar

एक व्यक्तिले आफ्नी छोरी र दाजुको छोराको हत्या गरे

Author Image
शुक्रवार, जेठ २, २०८२

काठमाडौं – चितवनको भरतपुर महानगरपालिका–२५ शुक्रनगरमा एक व्यक्तिले आफ्नी छोरी र दाजुको छोराको हत्या गरेका छन्।

४२ वर्षीय लिलाराज गिरीले दाजु दया गिरीको छोरा अन्दाजी ७ वर्षको सजन गिरी र आफ्नी छोरी प्रभालाई खुर्पा प्रहार गरेर हत्या गरेका हुन्।

खुर्पा प्रहारबाट गम्भीर घाइते भएका सजन र प्रभाको चितवन मेडिकल कलेज भरतपुरमा उपचार गर्ने क्रममा आज बिहान मृत्यु भएको हो। घटनापछि लिलाराजले आफ्नै घाँटी रेटेका थिए। उनको गम्भीर अवस्थामा उपचार जारी रहेको चितवन प्रहरीले जनाएको छ।

घटनाको कारण खुलेको छैन। प्रहरीले अनुसन्धान भइरहेको जनाएको छ ।

Views: 168

प्रतिक्रिया (०)

सम्बन्धित खबर