

काठमाडौँ : राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाई सकिएको छ।

उक्त रिटमा अदालतको आदेशानुसार उनलाई हिजो उपस्थितमात्रै गराएर लगिएको थियो। आज भने सुनुवाइ भर्खरै सकिएको सर्वोच्चका सहायक प्रवक्ता निराजन पाण्डेले जानकारी दिए।

उनकी पत्नी सरिका कार्कीले दर्ता गरेको बन्दी प्रत्यक्षीकरणको रिटमा सर्वोच्चले कारण देखाउ आदेश जारी गर्दै उनलाई अदालतमा उपस्थित गराउन आदेश गरेको थियो।

Views: 148

