Aamsanchar

किरात राई समुदायले साकेला उभौली मनाए

Author Image
शनिवार, जेठ ४, २०८२

काठमाडौं – काठमाडौंमा बस्दै आएका किरात राई समुदायले शनिबार साकेला उभौली मनाएका छन्। काठमाडौंमा उपत्यकामा बसोबास गर्दै आएका किरात राई समुदायका राई, सुनुवार, लिम्बू र याख्खा समुदायले टुँडिखेलमा सामूहिक रूपमा उभौली पर्व मनाएका हुन्।

 

किरात समुदायमा वैशाख शुक्ल पूर्णिमाको दिन उभौली पर्व र मंसिर शुक्ल पूर्णिमाको दिन उधौली पर्व मनाउने गरिन्छ। वैशाख २९ गते वैशाख शुक्ल पूर्णिमाको दिन उभौली पर्व मनाइएपनि शनिबार भने टुँडिखेलमा साकेला उभौली उत्सवको आयोजना गरिएको हो।

किरात मौलिक बाजा ढोल र झ्याम्टाका साथ प्रकृतिमा रहेका विभिन्न चरा–चुरुंगीहरुको नक्कलका साथ नृत्य गर्दै आपसमा खुसीयाली साट्दै मनाउने गरिन्छ।

वैशाख पूर्णिमामा अन्नबाली लगाउने सिजन सुरु हुने भएकाले बाली सप्रियोस् भन्दै पूजा गरी यो पर्व मनाइन्छ। प्रकृतिको पूजा गरे बाली सप्रने किरात राई समुदायको धार्मिक विश्वास रही आएको छ।

 

Views: 146

प्रतिक्रिया (०)

सम्बन्धित खबर