




काठमाडौं – इटालियन ओपन टेनिस महिला एकलतर्फको उपाधि ज्याज्मिन पाउलोनीले जितेकी छन्।


इटाली ४० वर्षपछि पहिलो पटक यो उपाधि हात पारेको हो। स्थानीय ज्याज्मिनले अमेरिकाकी कोको गौफलाई सोझो सेटमा पराजित गर्दै उपाधि हात पारेकी हुन्।

राष्ट्रपति सर्जियो माटारेलासहित घरेलु समर्थकको साथ पाएकी पाउलोनीले पहिलो सेट ६–४ ले जितेकी थिइन्। दोस्रो सेटमा पनि चौथो वरियताकी गौफले पुनरागमन गर्न सकिनन्।

छैटौं वरियताकी पाउलोनीले ६–२ को जीतका साथ इतिहास रचेकी हुन्। गत वर्ष अप्रत्यासित रूपमा फ्रेन्च ओपन र विम्बल्डनको फाइनल पुगेकी पाउलोनीले गौफ विरुद्धको खेल एक घन्टा २९ मिनेटमा टुंग्याएकी थिइन्।
सन् १९८५ मा रफाएला रेड्गीपछि इटालीका लागि यो प्रतियोगिताको उपाधि जित्ने पाउलोनी पहिलो महिला खेलाडी बनिन्।
१९३० मा इटालियन ओपन सुरू भएयता च्याम्पियन हुने उनी समग्रमा केवल चौथों इटालीयन खेलाडी हुन्। पुरूष एकल तर्फको फाइनलमा इटालीकै यानिक सिनर र स्पेनका कार्लोस अल्काराजबीच आज प्रतिस्पर्धा हुँदैछ।




