Aamsanchar

पाँचथर बहुमुखी क्याम्पसको प्रमुखमा लक्ष्मी

Author Image
आइतवार, जेठ ४, २०८२

फिदिम-पाँचथर बहुमुखी क्याम्पसको प्रमुखमा लक्ष्मी ढुङ्गाना नियुक्त हुनुभएको छ। क्याम्पस सञ्चालक समितिको आइतबार सम्पन्न बैठकले प्रमुखमा ढुङ्गानालाई नियुक्त गरेको हो।

ढुङ्गाना यसअघि सोही क्याम्पसको सहायक क्याम्पस प्रमुख हुनुहुन्थ्यो। खेमनाथ खतिवडा गत वैशाख ७ गते अनिवार्य अवकाश भएसँगै क्याम्पस प्रमुख पद रिक्त थियो।

आइतबार सम्पन्न सञ्चालक समितिको बैठकले रिक्त रहेका चार जना सञ्चालक समिति सदस्यसमेत मनोनित गरेको सञ्चालक समिति अध्यक्ष सुवराज थापाले जानकारी दिनुभयो।

Views: 133

प्रतिक्रिया (०)

सम्बन्धित खबर