Aamsanchar

लामिछानेको बन्दी प्रत्यक्षीकरणको रिट आज पनि हेर्न नमिल्नेमा

Author Image
सोमवार, जेठ ५, २०८२

काठमाण्डौ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको बन्दी प्रत्यक्षीकरणको रिट आज पनि हेर्न नमिल्नेमा परेको छ ।

लामिछानेको रिट आज प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत र न्यायाधीश नित्यानन्द पाण्डेयको इजलासले पनि हेर्न नमिल्नेमा राखेको सर्वोच्च अदालतका प्रवक्ता अच्युत कुईंकेलले जानकारी दिनुभयो ।

हिजो न्यायाधीशहरू मनोजकुमार शर्मा र सुनिलकुमार पोखरेलको इजलासमा परेको लामिछानेको रिट हेर्न नमिल्नेमा परेको थियो । हिजोको इजलासले हेर्न नमिल्नेलाई तर्काएर बाँकीले गोला तान्ने व्यवस्था गर्न आदेश दिएको थियो । तर आज पनि हेर्न नमिल्नेमा परेको हो ।

सामान्यतया बन्दी प्रत्यक्षीकरणको रिट पहिलो प्राथमिकतामा पर्ने गर्दछ तर लामिछानेको यो मुद्दा योसँगै छैटौं पटक हेर्न नमिल्नेमा परेको छ । लामिछानेसँगै कारागार कार्यालय रुपन्देहीमै रहेका पूर्वडीआईजी छविलाल जोशीको रिट पनि एकसाथ राखिएको थियो ।

रवि लामेछानेकी श्रीमती निकिता पौडेलले वैशाख ७ गते सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दायर गर्नुभएको हो ।

Views: 146

प्रतिक्रिया (०)

सम्बन्धित खबर