

काठमाडौं : आईसीसी महिला टी–२० विश्वकप एसिया क्षेत्र छनोट अन्तर्गत सुपर थ्रीको अन्तिम खेलमा घरेलु टोली थाइल्यान्डले नेपाललाई चुनौतिपूर्ण लक्ष्य दिएको छ।

टेर्डथाई क्रिकेट मैदानमा टस हारेको थाइल्याण्डले नेपाललाई १५९ रनको लक्ष्य दिएको हो। थाइल्याण्डलेले निर्धारित २० ओभरमा २ विकेट गुमाएर १ सय ५७ रन बनाएको हो। थाइल्याण्डका दुई खेलाडीले अर्धशतक बनाए।

नेपालका राजमति ऐरी र मनिषा उपाध्यायले एक एक विकेट लिए। नेपालले थाइल्याण्डलाई आजसम्म हराउन सकेको छैन।


Views: 126

