Aamsanchar

प्रधानमन्त्री ओली अस्वस्थ

Author Image
मङ्गलवार, जेठ ६, २०८२

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली अस्वस्थ भएपछि संसदमा आज हुने भनिएको प्रधानमन्त्रीसँगको प्रश्नोत्तरको कार्यक्रम स्थगित हुने भएको छ।

नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले प्रधानमन्त्री सोमबारबाट अस्वस्थ भएका कारण आजको प्रश्नोत्तर कार्यक्रममा सहभागी हुने सम्भावना कम रहेको बताए।

सोमबार काठमाडौँमा भएको एक कार्यक्रममा प्रधानमन्त्री ओलीले आफू केही अस्वस्थ रहेको भन्दै आफ्नो सम्बोधन छोट्याएका थिए। उनलाई रुघाखोकीको समस्या देखिएको बताइएको छ।

‘प्रधानमन्त्रीज्यू हिजोबाटै अस्वस्थ हुनुहुन्छ, त्यसैले आजको प्रश्नोत्तर कार्यक्रममा उहाँ सहभागी हुनसक्ने सम्भावना छैन’, बर्तौलाले भने।

प्रतिनिधिसभामा आज प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा नियमावली, २०७९ को परिच्छेद–९ बमोजिम सांसदहरूले सोधेको प्रश्नको जवाफ दिने कार्यसूची रहेको थियो।

Views: 141

प्रतिक्रिया (०)

सम्बन्धित खबर