Aamsanchar

बराहक्षेत्रमा अफ्रिकन स्वाइन फिभरको सङ्क्रमण, ३६ बङ्गुर मरे

Author Image
मङ्गलवार, जेठ ७, २०८२

सुनसरी- बराहक्षेत्र नगरपालिकामा अफ्रिकन स्वाइन फिभरको सङ्क्रमणका कारण ३६ बङ्गुर मरेका छन् ।

व्यावसायिक रूपमा पालन गरेका बङ्गुरमा अफ्रिकन स्वाइन फिभरको सङ्क्रमण देखिएको भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र इनरुवाका प्रमुख डा।मनोजकुमार महतोले जानकारी दिनुभयो ।

बराहक्षेत्र–१ मा रहेको दियाली कृषि फार्ममा २० वटा बङ्गुरमा सङ्क्रमण देखिएको छ भने १७ वटा मरेका छन् । त्यसैगरी बराह बङ्गुर फार्ममा १५ वटामा सङ्क्रमण देखिएको छ भने सात बङ्गुर मरेका उहाँले जानकारी दिनुभयो ।

स्थानीय सुवास श्रेष्ठले पालेका बङ्गुर फार्ममा २२ वटामा सङ्क्रमण देखिएको छ भने १२ वटा मरेका छन् । बराहक्षेत्रमा ५७ वटा बङ्गुरमा सङ्क्रमण रहेको डा.महतोले बताउनुभयो ।

यसअघि सुनसरीको दुहबी, रामधुनी र धरानमा अफ्रिकन स्वाइन फिभरको सङ्क्रमण देखिएको थियो ।

Views: 142

प्रतिक्रिया (०)

सम्बन्धित खबर