Aamsanchar

एकै परिवारका ६ जनाले मकालु हिमाल आरोहण गरे

Author Image
मङ्गलवार, जेठ ६, २०८२

संखुवासभा – संखुवासभाको मकालु गाउँपालिका–२ का एकै परिवारका ६ जनाले मकालु हिमाल आरोहण गरेका छन् । मकालु गाउँपालिका–२ का चार दाजुभाइ, एक बहिनी र एक छोरीले विश्वको पाँचौँ अग्लो आठ हजार ४८५ मिटर उचाइको मकालु हिमाल आरोहण गरेका हुन् ।

विश्व कीर्तिमानका निम्ति मकालु–२ का ङिमा ओङ्जुक शेर्पाका चार छोरा, एक छोरी र एक नातिनीले गएको वैशाख २६ गते मकालु हिमाल आरोहण गरेका आरोही दलका सदस्य मुक्टुक लाक्पा शेर्पाले जानकारी दिए ।

कीर्तिमानका निम्ति मुक्कुट, उनका भाइहरुरू ङिमा दोर्ची, आङ डी र पेछुम्बे शेर्पा, बहिनी पासाङ शेर्पा र मुक्कुटकी २३ वर्षीया छोरी एनिमा शेर्पाले एकसाथ आरोहण गरेका हुन् ।

“एउटै बुबाआमाका पाँच छोराछोरीसहित ६ जनाले आरोहण गरेर कीर्तिमानी राख्ने हाम्रो परिवार पहिलो भएको छ,” पासाङले भनिन्, “भदैनी २३ वर्षीया एनिमा मकालु हिमाल आरोहीमध्ये हालसम्मकै कान्छी महिला भएको हाम्रो दाबी छ ।”

एकैसाथ आरोहण गरेर कीर्तिमान राखेको भन्दै उक्त परिवारलाई मकालु गाउँपालिका, नेपाल पत्रकार महासंघ संखुवासभा र शेर्पा संघले सम्मान समेत गरेको छ ।

 

Views: 120

प्रतिक्रिया (०)

सम्बन्धित खबर