विराटनगर । नेपाल प्रहरीमा कार्यरत प्रहरी सहायक निरीक्षक कुन्जाङ छोपेल शेर्पाले विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेकी छन्। उनले २०८२ साल जेठ ५ गते बिहान ८ः३० बजे सगरमाथाको शिखरमा पाइला टेकेकी हुन्।

सगरमाथा शिखरमा सफलतापूर्वक पुग्न सफल भएकी शेर्पालाई कोशी प्रदेश प्रहरी प्रमुख, प्रहरी नायब महानिरीक्षक (डीआईजी) ईश्वर कार्कीले हार्दिक बधाई तथा सफलताको शुभकामना व्यक्त गरेका छन्।

आरोहण सम्पन्न गरेपछि शेर्पा जेठ ६ गते सगरमाथा बेस क्याम्पमा फर्किएकी हुन्। त्यहाँ इलाका प्रहरी कार्यालय नाम्चेले कोशी प्रदेश प्रहरी कार्यालयको तर्फबाट उनलाई विशेष स्वागतसहित बधाई दिएको थियो।
सोलुखुम्बु जिल्लाको थुलुङ दुधकुण्ड गाउँपालिका–९ घर भएकी शेर्पा हाल नेपाल प्रहरी प्रधान कार्यालय, साइबर ब्यूरोमा कार्यरत छन्।

Views: 148

