Aamsanchar

प्रहरीको बर्दी लगाएर सर्वसाधारणलाई आतंकित बनाउने नक्कली इन्स्पेक्टर पक्राउ

Author Image
बिहिवार, जेठ ८, २०८२

काठमाडौं – प्रहरीको बर्दी लगाएर सर्वसाधारणलाई आतंकित बनाउने नक्कली इन्स्पेक्टर पक्राउ परेका छन् ।

जिल्ला प्रहरी परिसर भक्तपुरको टोलीले नक्कली इन्स्पेक्टरलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा आफूलाई इन्स्पेक्टर बताउने २३ वर्षीय सुजन गिरी छन् ।

भोजपुरको साल्पासिसलिछो गाउँपालिकाका गिरीले फेसबुकमा सोत इन्स्पेक्टरको बर्दी लगाएको तस्बिर राखेर मान्छेलाई झुक्याउँदै आतंकित पार्ने काम गरेको परिसर भक्तपुरका प्रवक्ता तथा डीएसपी ढुण्डिराज नेउपानेले बताए ।

उनले ६ जेठमा राति साढे ९ बजेतिर मध्यपुर ठिमी नगरपालिका–२ दिव्यश्वरी भुटु रेस्टुरेन्ट अगाडि आफू प्रहरीको इन्स्पेक्टर भएको बताउँदै बर्दी लगाएरको तस्बिर समेत देखाएर आतंकित पारेको आरोप छ ।

प्रहरी वृत्त भक्तपुर ठिमीको हिरासतमा राखेर उनीमाथि अनुसन्धान अघि बढाइएको छ ।

Views: 237

प्रतिक्रिया (०)

सम्बन्धित खबर