

काठमाण्डौ – इन्डियन प्रिमियर लिग (आईपीएल)क्रिकेटमा आज रोयल च्यालेन्जर्स बेङ्गलुरु (आरसीबी)र सनराइजर्स हैदराबाद खेल्दैछन् । लखनउमा हुने खेल नेपाली समय अनुसार बेलुका पौने ८ बजे शुरु हुनेछ ।

आरसीबी १२ खेलमा १७ अङ्कसहित तालिकाको दोश्रो स्थानमा छ । समान खेलमा हैदराबाद नौ अङ्कसहित तालिकाको आठौं स्थानमा छ । हिजो भएको खेलमा लखनउ सुपर जाइन्ट्सले शीर्षस्थानको गुजरात टाइटन्सलाई ३३ रनले हराएको थियो ।
Views: 128

