Aamsanchar

दृष्टि आई हस्पिटल बिर्तामोडद्वारा  ‘मायोपिया जनचेतना’ कार्यक्रम सम्पन्न

Author Image
शनिवार, जेठ ११, २०८२

बिर्तामोड । विश्वभर तीव्र गतिमा बढिरहेको मायोपिया (दृष्टि दोष) प्रति आम नागरिकमा सचेतना जगाउन दृष्टि आई केयर सिस्टमले जेष्ट ५ देखि ११ गतेसम्म आयोजना गर्ने “मायोपिया जनचेतना सप्ताह कार्यक्रम अनुसार दृष्टिको बिर्तामोड शाखाले जनचेतनामूलक कार्यक्रम सम्पन्न गरेको छ ।

सप्ताह अन्तरगत बिर्तामोड बजारमा प्रभातफेरी, साइकिलिङ र्‍याली गरेर सप्ताह मनाएको छ ।  ¥यालीमा आँखा स्वास्थ्यसँगसम्बन्धित सङ्घ संस्था, सरकारी तथा गैरसरकारी निकायका प्रतिनिधि, स्वास्थ्यकर्मी, युवा विद्यार्थी र स्थानीय समुदायको सहभागिता रहेको थियो ।
आज जेठ १० गते शनिवार बिहान ७ बजे दृष्टि आई केयर सिस्टमका तीनवटै शाखाहरू काठमाडौँ कलङ्की, वीरगञ्जबिर्तामोडबाट एकसाथ मायोपिया जनचेतना ¥यालीको आयोजना गरिएको हो ।

सप्ताह अन्तरगत सामुदायिक विद्यालयहरूमा स्कुल स्क्रिनिङ शिविर सञ्चालन गरिएको छ ।  शिविरमा परीक्षण गरिएका विद्यार्थीहरूलाई दृष्टि आई केयरका सबै शाखाहरुमा निःशुल्क रुपमा विस्तृत परीक्षण सेवा प्रदान गरिने दृष्टि आई हस्पिटलका अध्यक्ष रामप्रसाद उप्रेतीले जानकारी दिए ।
दृष्टिले अभियान भित्र १७ वर्षसम्मका सबै विद्यार्थीहरूले अग्रिम नाम दर्ता गराई आँखा परीक्षण गर्न आउने सबैलाई निःशुल्क सेवा उपलब्ध गराउने जानकारी दिएको छ । साथै चस्मा तथा मायोपिया नियन्त्रणका विशेष लेन्सहरुमा छुट दिने बताएको छ । समयमै परीक्षण र नियन्त्रण नभए बालबालिका र युवापुस्ताबीच मायोपिया विश्वव्यापी रूपमै प्रमुख चुनौति बन्दै आएको छ ।

विश्व स्वास्थ्य सङ्गठनले सन् २०५० सम्म विश्वको आधा जनसङ्ख्या मायोपियाबाट प्रभावित हुने अनुमान गरेको । यही अवस्थालाई ध्यान दिदैँ मायोपिया रोकथाम र उपचारका उपायाहरुबारे जानकारी दिने उद्देश्यका साथ साताव्यापी कार्यक्रम आयोजना गरिएको अस्पतालकी मेडिकल डाइरेक्टर डाक्टर सविता पालिखेले स्वागत गर्दै जानकारी दिएकी थिइन ।
प्रमुख अतिथि बिर्तामोड नगरप्रमुख पवित्रा महतारा प्रसाईं, बिर्तामोड ३ का वडा अध्यक्ष मदन बुढाथोकी लगायतले शुभकामना व्यक्त गरेका थिए ।
नेपाल नेत्र चिकित्सा समाज, नेपाल नेत्र सहायक परिवार, नेपाली आँखा रोग विशेषज्ञ सङ्घ र दृष्टि आइ केयर सिस्टमले सहयोगमा  सप्ताह कार्यक्रम आयोजना भएको बताइएको छ । 

Views: 187

प्रतिक्रिया (०)