Aamsanchar

झापा जिल्लास्तरीय युवाकवि प्रतियोगितामा दोस्रो पुरस्कार प्राप्त कविता ‘नेपाल हाम्रो गौरव’

Author Image
शनिवार, जेठ ११, २०८२

नेपाल हाम्रो विरताको गीत,
वैरी हराई लगाउँदैछ मीत ।
हिमवतखण्ड शिवलोक माथि,
बग्दैछिन् गंगा निभाई ती रित ।।

गुराँस थुङ्गा फुलेका पाखैमा,
डाँफे र मुनाल नाचेका काखैमा ।
पहाडगिरी गजक्क हाँसेको,
अनन्त जीवन यसैमा बाँचेको ।।

बहुल समाज गुण छन् अशेष,
मस्जिद, मन्दिर, गुम्बा विशेष ।
स्वाधिन, स्वतन्त्र इतिहास हाम्रो,
नेपाल राम्रो गौरव छ हाम्रो ।।

मेची र काली, तराई-हिमाल,
सुन्दर बगैँचा सौम्य सुर ताल ।
बुध्द र सिता भृकुटी गोपाल,
आँखाकी नानी जननी नेपाल ।।

मध्यमा हरियो वनको पछ्यौरा,
तल तिर हेरे सुनको कचौरा ।
रहर लाग्दो तपस्वी स्वदेश,
प्राण भन्दा प्यारो नेपाल देश ।।

सुन्दर छन् गाउँ सुन्दर शहर,
यहि देशको सेवा छ गर्ने रहर ।
हसाउँनु छ यहाँ जन्मेको कोख,
मर्नु छ यहाँ बिना कुनै शोक ।।

युगकवि सिध्दिचरण श्रेष्ठको जन्मजयन्तीका अवसरमा आयोजित झापा जिल्लास्तरीय युवाकवि कविता प्रतियोगितामा दोस्रो पुरस्कारबाट सम्मानित बन्स सफल वविता हो ।

Views: 388

प्रतिक्रिया (०)

सम्बन्धित खबर