Aamsanchar

नेपाल औषधि व्यवसायी संघ झापाद्वारा ट्राफिक प्रहरीलाई लापसे किट हस्तान्तरण

Author Image
आइतवार, जेठ १२, २०८२

बिर्तामोड । नेपाल औषधि व्यवसायी संघ (एनसिडिए) झापाले जिल्ला ट्राफिक प्रहरी कार्यालय झापालाई लागुपदार्थ सेवन (लापसे) जाँच किट हस्तान्तरण गरेको छ ।
आज एक कार्यक्रमका बीच एनसिडिए झापाले बिर्तामोडस्थित ट्राफिक प्रहरी कार्यालयमा ५० थान किट हस्तान्तरण गरेको अध्यक्ष जीवनकुमार खड्काले जानकारी दिए ।

सार्वजनिक बस, ट्याक्सी, भेन तथा तीनचक्के साधनका चालकहरुले लागुपदार्थ सेवन गरेर सवारी साधन चलाइरहेका बेला संघले किट दिएर धेरै सहयोग पुगेको झापाका ट्राफिक प्रहरी प्रमुख गणेश पौडलले बताए ।

एनसिडिए झापाले विभिन्न समयमा सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत सेवामुलक काम गर्ने गरेको छ । सोहीअनुरुप योपटक ट्राफिक प्रहरीलाई लागुपदार्थ सेवन जाँच किट प्रदान गरिएको संघका महासचिव विष्णु पौडेलले जानकारी दिए ।

एनसिडिए केन्द्रीय सदस्य कञ्चन शर्माको प्रमुख आतिथ्यतामा भएको किट हस्तान्तरण कार्यक्रममा कोशी प्रदेशका संस्थापक वरिष्ठ उपाध्यक्ष नरेन्द्र बराल, सदस्य याम खड्का, झापा सचिव यज्ञराज कार्की, सदस्य याम विष्ट लगायतको उपस्थिति रहेको थियो ।

Views: 123

प्रतिक्रिया (०)