

काठमाण्डौ – इन्डियन प्रिमियर लिग (आईपीएल)क्रिकेटमा लिग चरणको आफ्नो अन्तिम खेलमा आज पञ्जाब किङ्स र मुम्बई इन्डियन्स खेल्दैछन् । खेल नेपाली समयअनुसार वेलुका पौने ८ बजे जयपुरमा शुरु हुनेछ ।

पञ्जाब र मुम्बई यसअघि नै प्लेअफमा पुगिसकेका छन् । पञ्जाब १३ खेलमा १७ अङ्कसहित तालिकाको दोश्रो स्थानमा छ । समान खेलमा १६ अङ्कसहित मुम्बई चौंथो स्थानमा छ ।

हिजो भएका खेलमा चेन्नई सुपर किङ्गसले गुजरात टाइटन्सलाई ८३ रनले र सनराइजर्स हैदराबादले कोलकातालाई एक सय १० को फराकिलो रनले हरायो ।


आईपीएलको लिग चरणको अन्तिम खेलमा भोलि लखनउ सुपर जायन्ट्स र रोयल च्यालेन्जर्स बेंगलुरुबीच खेल हुनेछ ।
Views: 112

