Aamsanchar

दुई जना बालिकालाई बलात्कार गरेको आरोपमा पक्राउ

Author Image
सोमवार, जेठ १२, २०८२

संखुवासभा : खाँदबारीमा दुई जना बालिकालाई बलात्कार गरेको आरोपमा २ जना पक्राउ परेका छन्।

खाँदबारी बजार आएका १६ वर्षीया र १७ वर्षीया बालिका बलात्कार गरेको उजुरीका आधारमा दुई जना पक्राउ परेका हुन्।

पक्राउ पर्नेमा चिचिला गाउँपालिका-२ का ३५ वर्षीय तुफान राई, चिचिला -३ का २८ वर्षीय प्रकाश राई पक्राउ परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिए। दुवै जनालाई खाँदबारी नगरपालिका-१ बाट शुक्रबार पक्राउ गरिएको हो।

उनीहरूले दुई जना बालिकालाई प्रलोभनमा पारेर ललाई फकाई बलात्कार गरेको भन्दै पीडित पक्षले जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो। प्रहरीले उनीहरूविरुद्ध जिल्ला अदालत सङ्खुवासभाबाट आइतबार म्याद थप गरेर अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ।

Views: 178

प्रतिक्रिया (०)

सम्बन्धित खबर