Aamsanchar

बसुन्धरामा दुर्घटनामा परी एक किशोरीको मृत्यु

Author Image
सोमवार, जेठ १२, २०८२

काठमाडौं – काठमाडौंको बसुन्धरामा दुर्घटनामा परी एक किशोरीको मृत्यु भएको छ। काठमाडौं महानगरपालिका-३ बसुन्धरा सडकमा म प्र ०२-०३४ प ६२५७ नम्बरको स्कुटरले पैदलयात्रुलाई ठक्कर दिँदा स्कुटरमा सवार महोत्तरी घर भई काठमाडौंको चावहिल बस्ने १८ वर्षीया मनिसा परियारको मृत्यु भएको हो।

दुर्घटनामा गम्भीर घाइते भएकी उनको उपचारका क्रममा ग्रिनसिटी अस्पतालमा आज निधन भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ। दुर्घटनामा गम्भीर घाइते पैदलयात्रुको सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। प्रहरीले स्कुटर चालकलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान थालेको छ।

Views: 164

प्रतिक्रिया (०)

सम्बन्धित खबर