Aamsanchar

कामीरिता शेर्पाद्वारा ३१औं पटक सगरमाथाको आरोहण

Author Image
मङ्गलवार, जेठ १३, २०८२

काठमाडौं – हिमाल आरोही गाइड कामीरिता शेर्पाले ३१औं पटक सगरमाथाको आरोहण गरेका छन्।

योसँगै उनले आफ्नै कीर्तिमान तोड्दै नयाँ कीर्तिमान बनाएका हुन्। आज बिहान ४ बजेतिर उनले सर्वोच्च शिखर सगरमाथाको ३१ औं पटक सफल आरोहण गरेको सेभेन समिट ट्रेक्सका सञ्चालक छाङ दावा शेर्पाले बताएका छन्।

‘इतिहासमै सबैभन्दा धेरै पटक सगरमाथा आरोहणको कीर्तिमानी ५५ वर्षीय कामीरिता शेर्पालाई ३१ औं पटकको सफल आरोहणका लागि बधाइ।’ उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्।

उनी २२ जना भारतीय सैनिकहरूको आरोहण दलको मुख्य गाइडका रूपमा सगरमाथा आरोहणमा गएका थिए।

भोलि सगरमाथा आधार शिविरसम्म झर्ने र त्यहाँबाट काठमाडौं फर्किने तालिका छ। अघिल्लो वर्ष उनी ३०औं पटक सगरमाथाको चुचुरोमा पुगेका थिए।

सोलुखुम्बु थामेका कामीरिता सगरमाथाको सबैभन्दा धेरै पटक सगरमाथा आरोहण गरेर कीर्तिमान बनाउने एक मात्र शेर्पा गाइड तथा पर्वतारोही हुन्।

२०३९ सालमा १२ वर्षको उमेरदेखि हिमाल आरोहण क्षेत्रमा काम गर्दै आएका कामीरिताले पहिलो पटक २०५१ सालको वसन्तकालीनयाममा सगरमाथा आरोहण गरेका थिए।

Views: 114

प्रतिक्रिया (०)

सम्बन्धित खबर