झापा । हल्दिबारी गाउँपालिका–३ स्थित ढडुवा बजारमा सामूहिक प्रयासमार्फत स्पीड ब्रेकर स्थापनासहित सडक दुर्घटना न्यूनीकरण तथा सचेतना कार्यक्रम सम्पन्न गरिएको छ।

ढडुवा बजार व्यवस्थापन समितिका उपाध्यक्ष तुलसा आचार्यको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा प्रमुख अतिथिका रूपमा वडा नं–३ का वडा अध्यक्ष विष्णुप्रसाद ओली सहभागी थिए।

कार्यक्रममा वडा सदस्य कर्ण भण्डारी, रातमाटे सामुदायिक वनका अध्यक्ष जनक तामाङ, चौकीविरान सामुदायिक वनका अध्यक्ष अमर मेयाङ्वो, ढडुवा युवा क्लबका अध्यक्ष कुलप्रसाद न्यौपाने, ट्राफिक प्रहरी, जलथल प्रहरी, रेडक्रसकर्मी, पत्रकार तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

सडक सुरक्षाका लागि ढडुवा बजारबाट पश्चिमतर्फ जाने हुलाकी राजमार्ग खण्डमा चौकीविरान सामुदायिक वन उपभोक्ता समितिको सहयोगमा २ थान, उत्तरतर्फ जाने सडकमा तथा पूर्वतर्फ जाने सडकमा रातमाटे सामुदायिक विद्यालयको सहयोगमा २/२ थान गरी कुल ६ थान स्पीड ब्रेकर बजार समितिलाई प्रदान गरिएको थियो।


उक्त स्पीड ब्रेकरहरू आज औपचारिक रूपमा बजार समितिको समन्वयमा राखिएको जनाइएको छ ।
कार्यक्रममा अध्यक्ष तामाङले कार्यक्रमको औचित्यमाथि प्रकाश पार्दै सहभागी सबैलाई धन्यवाद ज्ञापन गरेका थिए। ट्राफिक प्रहरी निरीक्षक रामचन्द्र दाहालले ट्राफिक नियमसम्बन्धी अभिमुखीकरण सत्र सञ्चालन गर्दै सचेतना कार्यक्रम आयोजना गरिएमा आभार व्यक्त गरे।
प्रमुख अतिथि वडा अध्यक्ष ओलीले सबै सहयोगी संघसंस्थाप्रति धन्यवाद व्यक्त गर्दै सामाजिक रुपान्तरणका लागि एकताबद्ध प्रयास आवश्यक रहेको उल्लेख गरे।कार्यक्रमको सञ्चालन तथा सहजीकरण ढडुवा युवा क्लब परिवार र ढडुवा बजार व्यवस्थापन समितिका सचिव अभिषेक खतिवडाले गरेका थिए।

