Aamsanchar

हथियौलबाट विद्युतीय चुरोट बरामद

Author Image
बुधवार, जेठ १५, २०८२

रौतहट-  सशस्त्र प्रहरीले ठूलो परिमाणमा विद्युतीय चुरोट (भेप)बरामद गरेको छ । सशस्त्र प्रहरी बल नेपालको बोर्डर आउट पोष्ट छतौनाले मंगलबार सीमावर्ती क्षेत्रस्थित बलरा नगरपालिका¬ २ हथियौलबाट विद्युतीय चुरोट बरामद गरेको हो । भारततर्फ लैजाँदै गरेको ७ सय ९५ पिस विद्युतीय चुरोट बरामद भएको सर्लाहीका सशस्त्र प्रहरी उपरीक्षक देवबहादुर चन्दले जानकारी दिए ।

​​​​​​बीआर ०६ बी क्यू ५४२७ नम्वरको मोटरसाइकलमा भारततर्फ भन्सार छलेर लैजान लागेको अवस्थामा विद्युतीय चुरोट बरामद गरिएको चन्दले जानकारी दिए । ओसारपसारमा संलग्न मानिस भने सुरक्षाकर्मीलाई देख्नासाथ मोटरसाइकल छाडेर फरार भएका छन्। बरामद गरिएको विधुतीय चुरोटको मूल्य १५ लाख ५० हजार रुपैँयाँ बराबर रहेको उनले जानकारी दिए ।

भेप र मोटरसाइकल थप अनुसन्धानका लागि सर्लाही भन्सार कार्यालय मलंगवामा बुझाइएको उपरीक्षक चन्दले जानकारी दिए ।

Views: 49

प्रतिक्रिया (०)

सम्बन्धित खबर