Aamsanchar

राप्रपाको प्रदर्शनमा घुसपैठ, भारतीय नागरिकसहित ३ जना नियन्त्रणमा

Author Image
बिहिवार, जेठ १५, २०८२

काठमाडौँ – काठमाडौँमा जारी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को प्रदर्शनमा घुसपैठ भएको भन्दै प्रहरीले ३ जनालाई नियन्त्रणमा लिएको छ । उनीहरूलाई प्रदर्शनकारीहरूले प्रहरीको जिम्मा लगाएका हुन् ।

उनीहरूमाथि अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिल बोहराले  बताए । पक्राउ पर्नेमा उदयपुर घर भएका ४५ वर्षीय भक्तबहादुर कार्की, पर्वत घर भएका २२ वर्षीय घनश्याम न्यौपाने र भारतीय नागरिक २३ वर्षीय वृजमोहन राय छन् । उनीहरू शान्तिबाटिका र भोटाहिटीबाट पक्राउ परेका हुन् ।

Views: 228

प्रतिक्रिया (०)

सम्बन्धित खबर