झापा –नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानले ‘सामाजिक रूपान्तरणस् ललितकलाको अभियान’ भन्ने मूल भावमा रहेर सम्पन्न गरेको ‘प्रादेशिक ललितकला प्रदर्शनी–२०८१’ मार्फत छानिएका कलाकृति समावेश गरी आयोजना गरेको ‘राष्ट्रिय ललितकला प्रदर्शनी–२०८२’ बिहीबारबाट प्रतिष्ठानमा सुरु भएको छ । प्रदर्शनीको माननीय संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री तथा प्रतिष्ठानका संरक्षक बद्रीप्रसाद पाण्डेले उद्घाटन गर्नुभयो । उहाँले गणतन्त्र दिवसका अवसरमा आयोजित ‘राष्ट्रिय ललितकला प्रदर्शनी–२०८२’ सातै प्रदेशबाट समावेशी रूपमा कलाको प्रतिनिधित्व हुने गरी कला प्रदर्शनी आयोजना हुनु निकै नै हर्षको कुरा भएको बताउनुभयो ।
सङ्घीय लोकतान्त्रिक गणतन्त्रले दिएको स्वतन्त्रताले कलाकारलाई निर्बाध रूपमा कला सिर्जना गर्ने अवसर प्रदान गरेको भन्दै उहाँले प्रदर्शनीले देशमा सकारात्मक सन्देश दिनुका साथै आशाको सञ्चार गरेको धारणा राख्नुभयो ।
समारोहमा प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले ‘राष्ट्रिय ललितकला प्रदर्शनी–२०८२’ मा पुरस्कृत, सहयोग र सहकार्य गर्ने सम्पूर्णलाई बधाई दिँदै प्रतिष्ठानले आगामी दिनमा अनुसन्धान, कलाकारको सर्वेक्षणलगायतका कामलार्ई प्राथमिकता दिने बताउनुभयो । उहाँले लोकतान्त्रिक गणतन्त्रको भावधारा र सांस्कृतिक राष्ट्रिय नारालाई उजागर गर्दै प्रदेश तथा स्थानीय स्तरमा रहेका रैथाने कलाका गुणस्तरमा जोड दिने खालका कार्यक्रमलाई आगामी दिनमा प्राथमिकता दिँदै जाने धारणा राख्नुभयो ।
उपकुलपति तथा प्रदर्शनीका कार्यकारी संयोजक लालकाजी लामाले ‘राष्ट्रिय ललितकला प्रदर्शनी’ समयसापेक्षित रूपमा अघि बढेको ऐतिहासिक पृष्ठभूमि बताउँदै उहाँले नेपालका रैथाने, मौलिक कला, शिल्प–ज्ञानलाई मूलधारमा ल्याई अन्तर्राष्ट्रियकरण गर्न सातै प्रदेशमा ‘प्रादेशिक ललितकला प्रदर्शनी’ गरी त्यसबाट छनोट भएका कलाकृति समेटेर ‘राष्ट्रिय ललितकला प्रदर्शनी २०८२’ आयोजना गरिएको जानकारी गराउनुभयो ।
सदस्य सचिव देवेन्द्रकुमार काफ्ले ‘थुम्केली’ले नेपाली ललितकला क्षेत्र पुनर्जागरणको चरणमा रहेको बताउँदै कलाकारले युगलाई जीवन्त बनाउने काम गर्ने र उनीहरूले समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने सिर्जना गर्नुपर्ने बताउनुभयो । साथै उहाँले यस प्रदर्शनीले देशको अर्थतन्त्रमा समेत सकारात्मक योगदान दिने धारणा राख्नुभयो ।
‘राष्ट्रिय ललितकला प्रदर्शनी–२०८२’ मा देशका ६५ जिल्लाका लोककला, शिल्प–हस्तकला, परम्परागत चित्रकलारमूर्तिकला, वास्तुकला, समसामयिक÷आधुनिक चित्रकला÷मूर्तिकला, बहुआयामिक तथा अन्य सिर्जनात्मक कला, प्रतिस्थापन, भावभङ्गिमा, फोटोग्राफी, भिडियो आर्ट, डिजिटल, कार्टुनलगायतका विविध विधाका प्रतियोगी, अप्रतियोगी र आमन्त्रित ६०५ कलाकारका ६५० भन्दा बढी कलाकृति समावेश छन् जसमा मुख्यतः थारू, अवधी, मिथिला, नेवार, पर्वते, भोजपुरी, तामाङ, राउटे, डोम, राई, किराँतका कलाको विशेष सहभागिता रहेको छ ।
समारोहमा यसवर्षको ‘अरनिको ललितकला राष्ट्रिय प्रज्ञा सम्मान’ अग्रज कलाकारहरू डा। सीमा शर्मा शाह र मङ्गल लामालाई प्रदान गरियो । यस पुरस्कारको राशि १ लाख ५० हजार र सम्मानपत्र रहेको छ ।
‘सहिद कलाकार अनिल लामा स्मृति (ललितकला) पुरस्कार २०८१’ कलाकार अस्मिना रञ्जित र ‘सहिद कलाकार बाबुराम लामा स्मृति (ललितकला) पुरस्कार २०८१’ गङ्गाधर सारुलाई प्रदान गरियो । यी पुरस्कारको राशि ५०/५० हजार रुपैयाँ र सम्मानपत्र रहेको छ । राष्ट्रिय ललितकला लेखन पुरस्कार सरोज बज्राचार्य, राष्ट्रिय ललितकला पत्रकारिता पुरस्कार क्रमशः गोरखापत्र दैनिक र नेपाल टेलिभिजनका शिवा तामाङ र हेमन्त गौतमलाई प्रदान गरियो । ललितकला लेखन पुरस्कारको राशि ६० हजार र सम्मानपत्र तथा ललितकला पत्रकारिता पुरस्कारको राशि ३०÷३० हजार र सम्मानपत्र रहेको छ । ललितकला प्रवद्र्धन सम्मान भने नेपाल हस्तकला महासङ्घ र प्रतिमा पाण्डेलाई प्रदान गरियो ।
सर्वोत्कृष्ट राष्ट्रिय ललितकला पुरस्कार विनम्र डङ्गोल (परम्परागत चित्रकला)लाई प्रदान गरियो । यस पुरस्कारको राशि १ लाख र सम्मानपत्र रहेको छ ।
राष्ट्रिय ललितकला पुरस्कार समसामयिक चित्रकलातर्फ कृष्ण लामा, समसामयिक÷आधुनिक मूर्तिकलातर्फ चन्द्रमणि मगर, परम्परागत चित्रकलातर्फ शंकरकुमार जोशी, परम्परागत मूर्तिकलातर्फ सुरेश लवट तुलाधर, शिल्प–हस्तकलातर्फ राजकुमार शिल्पकार, वास्तुकला तथा लोककलातर्र्फ ज्योतिकुमारी सापकोटा, बहुआयामिक तथा अन्य सिर्जनात्मक कलाअन्तर्गत फोटोग्राफीतर्फ सफलप्रकाश श्रेष्ठलाई प्रदान गरियो । यस पुरस्कारको राशि ६० हजार रुपैयाँ र सम्मानपत्र रहेको छ ।
प्रादेशिक उत्कृष्ट ललितकला पुरस्कार क्रमशः कोसीबाट ङावाङ छिरि शेर्पा (परम्परागत चित्रकला), मधेसबाट सोनाम सिंह भ्लोन (हस्तकला)बागमतीबाट रीना शाक्य (परम्परागत चित्रकला), गण्डकीबाट दलबहादुर गुरुङ (समसामयिक चित्रकला), लुम्बिनीबाट लिलाधर केसी (समसामयिक चित्रकला), कर्णालीबाट कुमारी सिता मल्ल (समसामयिक चित्रकला), सुदूरपश्चिमबाट रमेश कडायत(समसामयिक चित्रकला) लाई प्रदान गरियो । यी सम्पूर्ण पुरस्कारको राशि ५० हजार र सम्मानपत्र रहेको छ ।
त्यस्तै, प्रादेशिक ललितकला पुरस्कार समसामयिक चित्रकला विधातर्फ कोसीबाट महेन्द्र राई, मधेसबाट युगेश घिमिरे, बाग्मतीबाट सुन्दर लामा, गण्डकीबाट मनोज तामाङ, लुम्बिनीबाट आकाश बुढा मगर, कर्णालीबाट थुक्तेन लामा, सुदूरपश्चिमबाट दिपक आउजी, समसामयिक मूर्तिकलातर्फ कोसीबाट सुमन राई, मधेसबाट योगेन्द्र पण्डित कुम्हार, बागमतीबाट करुणा श्रेष्ठ, गण्डकीबाट रिहाना परियार, लुम्बिनीबाट बुद्ध थारू, कर्णालीबाट टोपेन्द्र डाँगी, सुदूरपश्चिमबाट महेन्द्र पुन मगर, परम्परागत चित्रकला विधातर्फ कोसीबाट दावा साङ्मु शेर्पा, मधेसबाट सोनम सिंह भ्लोन, बागमतीबाट रोशन ख्याजु, कर्णालीबाट सोनाम डोल्मा तामाङ, परम्परागत मूर्तिकलातर्फ कोसीबाट प्रतिक मञ्जुल बराइली, बागमतीबाट महेश शिल्पकार, शिल्प–हस्तकलातर्फ कोसीबाट शिव छाङ्छा (शिवकुमार राई), मधेसबाट सन्तोष यादव, बागमतीबाट सरोज सुनार, गण्डकीबाट विष्णु मुक्तान लगायतको उपस्थित थियो ।


