Aamsanchar

राजावादीको प्रदर्शनस्थलबाट ५ जना पक्राउ परेको पुष्टि

Author Image
बिहिवार, जेठ १५, २०८२

काठमाडौँ – बिहीबारको राजावादीले आयोजना गरेको प्रदर्शनमा घुसपैठ भएको आरोपमा शान्तिबाटीका क्षेत्रबाट पक्राउ पर्नेहरूको सङ्ख्या ५ पुगेको छ ।

पक्राउ पर्नेमा पर्वत घर भएका घनश्याम न्यौपाने, भारतीय नागरिक वृज मोहन राय, कैलाली घर भएका शिवराज जैसी, नुवाकोट घर भएका आशिष लामा र डोटीका पारस राणा छन् ।

२२ वर्षीय न्यौपानेलाई भिडियो खिचेको आरोपमा सिटी प्रहरीले पक्राउ गरेर काठमाडौँ प्रहरीलाई बुझाएको हो । वृज मोहन र शिवराज जैसीलाई राप्रपाका कार्यकर्ताले नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाएका हुन् ।

आरोपीहरुबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिल बोहराले बताए ।

Views: 196

प्रतिक्रिया (०)

सम्बन्धित खबर