Aamsanchar

अन्तर्राष्ट्रिय मुद्रा कोषले युक्रेनलाई ५० करोड डलर ऋण दिने

Author Image
शुक्रवार, जेठ १७, २०८२

अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले युक्रेनसँग समष्टिगत आर्थिक स्थायित्वका लागि ५० करोड अमेरिकी डलर बराबरको ऋण कार्यक्रम पुनरावलोकनका लागि सम्झौता गरेको छ ।

तीन वर्षभन्दा धेरै समयदेखि रुससँग युद्ध गरिरहेको युक्रेनले अमेरिकामा रहेको अन्तर्राष्ट्रिय वित्तीय संस्थाबाट चार वर्ष अर्थात १५ अर्ब ५० करोड अमेरिकी डलर बराबरको राहत पाएको समाचार संस्था एएफपीले जनाएको छ ।

युक्रेनको भ्रमणपछि कोषले युक्रेनले मार्चको अन्त्यसम्ममा आफ्ना सबै लक्ष्य र कार्यसम्पादन मापदण्ड पूरा गरेको र यसको कार्यकारी बोर्डले नयाँ वितरणलाई अनुमोदन गर्न सिफारिश गरिरहेको जनाएको छ ।

धेरै हदसम्म औपचारिकता मानिने यो प्रक्रिया समितिले अनुमोदिन गरेमा आईएमएफले युक्रेनलाई तुरुन्तै ५० करोड डलर उपलब्ध गराउनेछ । अहिलेको कार्यक्रमअन्तर्गत यसको वितरण १० दशमलव ७ अर्ब डलरको नजिक पुग्नेछ ।

आईएमएफ मिसन प्रमुख गेभिन ग्रेले एक विज्ञप्तिमार्फत तीन वर्षभन्दा लामो युद्धबाट उत्पन्न चुनौतीका बावजुद युक्रेनको अर्थतन्त्र लचिलो रहेको बताउनुभएको छ ।

Views: 94

प्रतिक्रिया (०)

सम्बन्धित खबर