Aamsanchar

राजविराज बसपार्क ३८ वर्षपछि सञ्चालनमा

Author Image
शुक्रवार, जेठ १६, २०८२

सप्तरी – सप्तरीको राजविराज बसपार्क ३८ वर्षपछि सञ्चालनमा आएको छ । बसपार्कको हिजो राजविराज नगरपालिकाका कार्यवाहक मेयर इसरत परविनले उद्घाटन गर्नुभएको हो ।

राजविराज–२ मा रहेको राजदेवी टोलमा बसपार्क सञ्चालनमा आएपछि नगरको मुख्य सडकहरुमा देखिएको गाडीको चाप कम हुने कार्यवाहक नगरमेयर परविनले बताउनुभयो ।

यो बसपार्कबाट लामो तथा छोटो दूरीका गाडी सञ्चालन हुने छन् । राजविराजमा सुविधा सम्पन्न बसपार्क नहुँदा गाडी व्यवस्थापनमा समस्या देखिएको थियो ।

पहिलोपटक २०४४ सालमा तत्कालीन प्रधानमन्त्री मरिचमान सिंह, दोस्रो पटक २०४६ सालमा तत्कालीन अञ्चलाधीश सूर्यबहादुर सेन ओली र तेस्रो पटक २०५२ सालमा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले बसपार्कको शिलान्यास गर्नुभएको थियो ।

चौथो पटक २०७४ सालमा शहरी विकास मन्त्रालयका सचिव दीपेन्द्रनाथ शर्मा र राजविराज नगरपालिकाका तत्कालीन नगरप्रमुख शम्भुप्रसाद यादवले संयुक्त रुपमा बसपार्कको शिलान्यास गर्नुभएको थियो । त्यसपछि निर्माण कार्य शुरू भएको थियो ।

 

Views: 144

प्रतिक्रिया (०)

सम्बन्धित खबर