Aamsanchar

बाँसका भाटाले हानेर एक व्यक्तिको हत्या

Author Image
शुक्रवार, जेठ १६, २०८२

काठमाडौं- बाँसका भाटाले हानेर सोलुखुम्बुमा एक व्यक्तिको हत्या भएको छ । हत्या हुनेमा महाकुलुङ गाउँपालिका–२ चंखिदो बस्ने ४० वर्षीय प्रेम कुमार कुलुङ राई छन् । राईको हत्या आरोपमा प्रहरीले सोही ठाउँ बस्ने २६ वर्षीय रघु कुलुङ राईलाई शुक्रबार बिहान पक्राउ गरेको छ ।

रघुले आफ्नै घरमा प्रेम कुमारलाई बिहीबार राति बाँसको भाटा र लाठ्ठी प्रहार गर्दा गम्भीर घाइते भएका थिए । उपचारको लागि महाकुलुङ आधारभूत अस्पताल बुङ लगिएकोमा उनको उपचारको क्रममा शुक्रबार बिहान मृत्यु भएको प्रहरीले बताएको छ । मृत्युको खबर प्राप्त हुनासाथ प्रहरी चौकी बुङबाट खटिएको प्रहरीले रघुलाई पक्राउ गरेको हो ।

Views: 125

प्रतिक्रिया (०)

सम्बन्धित खबर