

काठमाडौं – राप्रपाका सांसद ज्ञानेन्द्र शाहीले गणतन्त्र भ्रष्ट र दलालहरूका लागि मात्र आएको भन्दै कटाक्ष गरेका छन्। राप्रपाा प्रमुख सचेतकसमेत रहेका उनले निर्मला पन्तहरूका लागि नभई अफताव आलमहरूका लागि गणतन्त्र आएको उनको टिप्पणी छ।

सामाजिक संजालमा कवितात्म शैलीमा शाहीले लेखका छन्, ‘साथीहरूले गणतन्त्र निर्मला पन्तका लागि आयो भन्थे १ तर अफताव आलमका लागि रहेछ। जताततै भ्रष्टहरूको रजगज भएछ। गाउँ–गाउँमा छोटे सरकारको मोज भएछ। भ्रष्ट, दलाल, तस्करी र बिचौलियाको भोज भएछ।’

इँट्टा भट्टामा मानिसलाई जिउँदै हालेर जलाएको आरोपमा जेलमा रहेका आलम केहीदिन अघि मात्रै छुटेका छन्। उनी कांग्रेसका नेता एवं पूर्वसांसद हुन्।

उच्च अदालत वीरगन्जले रौतहट जिल्ला अदालतको फैसला उल्ट्याएपछि उनी थुनामुक्त भएका हुन्।
Views: 131

