Aamsanchar

एसियन हाइवेको डाइभर्सन बगाउँदा यातायात सञ्चालनमा समस्या

Author Image
शनिवार, जेठ १७, २०८२

झापा: गएराति परेको वर्षाका कारण पूर्वपश्चिम राजमार्गमा यातायात सञ्चालनमा समस्या उत्पन्न भएको छ । वर्षाले एसियन हाइवेमा निर्माण गर्न बनाइएका विभिन्न ठाउँका डाइभर्सन बगाउँदा यातायात सञ्चालनमा समस्या उत्पन्न भएको हो ।

मेचीनगरको धाइजनस्थित ढुकुरे खोला र कालीझोरामा बिहान ३ बजेतिर डाइभर्सन बगाएको थियो । क्षति पुर्‍याएको स्थानहरूमा डाइभर्सन बनाउने काम धमाधम भइरहेको छ । बस तथा साना सवारीसाधनहरू सञ्चालन भइरहेको बताउँदै इलाका प्रहरी कार्यालय धुलाबारी प्रहरी निरीक्षक पाण्डव राजवंशीले भने, ‘ठूला मालवाहक सवारीसाधन भने सञ्चालनमा आएको छैन, अबको केही घण्टाभित्र सञ्चालनमा आउँछ ।’ पूर्वी नाका काँकडभिट्टादेखि बिर्तामोड सडक खण्डमा समस्या आएको उनको भनाई छ ।

Views: 210

प्रतिक्रिया (०)

सम्बन्धित खबर