Aamsanchar

धरान–धनकुटा सडकखण्ड सञ्चालनमा समस्या

Author Image
शनिवार, जेठ १७, २०८२

झापा – बाढीका कारण अवरुद्ध कोसी राजमार्गको धरान–धनकुटा सडकखण्ड सञ्चालनमा केही समय लाग्ने भएको छ । अविरल वर्षासँगै लेउती खोलामा आएको बाढीले साँगुरीगढी गाउँपालिका–६ स्थित फेदीमा करिब १०० मिटर सडक बगाएपछि बाटो अवरुद्ध भएको हो ।

यातायात सञ्चालनका निम्ति सडक डिभिजन कार्यालय धनकुटासँग समन्वय भए पनि बाढी कम नभएसम्म वैकल्पिक मार्ग खुलाउन नसकिने प्रहरीले जनाएको छ । सडक नै बगाएकाले पैदलयात्रीलाई समेत कठिनाइ भएको छ ।

सडक अवरुद्ध हुँदा कोसी राजमार्ग र तमोर करिडोर भएर पूर्वी तराईबाट धनकुटा हुँदै भोजपुर, संखुवासभा, ताप्लेजुड, पाँचथर जाने यातायात ठप्प भएको छ । हिमालयन टेली भ्वाइस

 

Views: 126

प्रतिक्रिया (०)

सम्बन्धित खबर