

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ।

निगमका अनुसार भारतको इन्डियन आयल कर्पोरेसन (आईओसी) बाट शनिबार प्राप्त नयाँ मूल्यका आधारमा पेट्रोलको मूल्य प्रतिलिटर २ रुपैयाँले वृद्धि भएको छ। यस्तै, डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर १ रुपैयाँले बढेको छ।

साथै, हवाई इन्धनको मूल्य भने प्रतिलिटर ३ रुपैयाँले घटेको निगमले जनाएको छ।


नयाँ मूल्य आज राति १२ बजेदेखि लागू हुने निगमले जानकारी दिएको छ।
Views: 525

